Connect with us
Advertisement

बैशाख १६ गते सुन्दरहरैंचा हाफ म्याराथन प्रतियोगिता हुने

Published

on

विराटचोकः इन्द्रपुर जुनियर जेसीजले रन सुन्दरहरैंचा हाफ म्याराथनको आयोजना गर्न लागेको छ । २०८० साल बैशाख १६ गते विराटचोकबाट प्रस्थान गर्ने रूट तय गरिएको जनाइएको छ । म्याराथनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइमा लैजान तथा स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको इन्द्रपुर जुनियर जेसीजका संस्थापक अध्यक्ष तथा कार्यक्रम निर्देशक उत्सव थापाले बताए । मोरङको सुन्दरहरैचामा मङ्गलबार पत्रकार सम्मेलनमार्फत् खेलका बारेमा जानकारी गराइनुका साथै लोगो अनावरण गरिएको हो ।

देशका विभिन्न ठाउँमा रहेका प्रतिभावान युवायुवतीलाई अवसर प्रदान गर्दै सुन्दरहरैंचाको पहिचान बढाउने अभिप्रायले यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै थापाले भने, ‘रन सुन्दरहरैंचा एक अफिसियल हाफ म्याराथन हो । यो पूर्णतः नेपाल एथ्लेटिक्स संघको प्रतिनिधिको मार्ग निर्देशनमा तय भएको कार्यक्रम रहेकाले यसबाट प्रोफेसनल खेलाडीले आफ्नो कलाको एक्सपोजरको रूपमा लिनुहुने छ’, भन्ने आशा राखिएको छ ।

आयोजकका अनुसार खेल ३ वटा विधामा सम्पन्न हुने भएको छ । ५ किलोमिटरसम्म नन प्रोफेसनल स्थानीय शैक्षिक संस्था तथा स्थानीयवासीको सहभागिता रहनेछ भने २१ किलोमिटरसम्म महिला हाफ म्याराथन र २१ किलोमिटर पुरुष हाफ म्याराथन रहने आयोजकले जनाएको छ ।

खेलमा पहिलो हुनेले ४० हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । यस्तै दौड रेकर्ड ब्रेक गर्ने खेलाडीलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार राखिएको छ । यस्तै नन प्रोफेसनल तर्फ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनेलाई ७ हजार, ५ हजार र ३ हजार पुरस्कार राखिएको छ ।

खेलमा सहभागी हुन बैशाख १० गतेसम्म रजिष्ट्रेशन गरिसक्नुपर्ने छ । १६ गते शनिबार बिहान ८ बजेदेखि विराटचोकबाट दौडबाट शुरु हुने भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिष्पर्धा गर्न प्रोफेसनल १ सय जना एथ्लेटिक्स खेलाडी तथा नन् प्रोफेसनल ५ सय जनाले प्रतिष्पर्धा गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न कुल ५ लाख लाग्ने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलन जुनियर जेसी अध्यक्ष रिकेश भण्डारीको सभापतित्वमा भएको थियो । इन्द्रपुर जेसीजकी अध्यक्ष बिना सुवेदी आचार्यका साथै पूर्व अध्यक्षहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ

Published

on

Tata को ठगी धन्दा : नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ । काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गरेर यस्तो खुलासा गरिदिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धारकाअनुसार महानगरले नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानाे भएको बताए । महानगरको नयाँ खुलासासँगै सिप्रदी ट्रेडिङले बिक्री गर्ने गरेको सबै प्रकारका गाडी नयाँ हो वा पुरानो भन्नेमा आम उपभोक्तामा संशय पैदा गराएको छ । यससँगै काठमाडौं महानगरले सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न सिफारिस गरेको छ । 😮

Continue Reading

Banner

आज – ०१ जेठ २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक